काठमाडौं : ५ देखि ११ वर्ष उमेरका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप आइपुगेको छ।अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधाअन्तर्गतको फाइजर खोप पहिलो चरणमा २२ लाख ३ हजार २ सय मात्रा आइपुगेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले थाहाखबरलाई जानकारी दिए।उनकाअनुसार सातै प्रदेशमा बालबालिकाका लागि आवश्यक खोप आजै पठाइने तयारी गरिएको छ। काठमाडौं उपत्यकाका ३ जिल्ला र काभ्रेपलाञ्चोकका लागि करिब ३ लाख ३१ हजार खोप काठमाडौंस्थि