विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीलाई टेलिभिजनबाट पार्टी आधिकारिकताबारे नबोल्न चेतावनी दिएका छन्। शुक्रवार विराटनगरमा आयोजित आमसभामा सम्बोधन गर्दै खनालले पार्टी आधिकारिक कुन हो भनेर आफूहरुको आमसभा हेर्न ओलीलाई चेतावनी दिए।
‘यो देशको कम्युनिस्ट पार्टी कुन हो आएर हेर्नुस्। टेलिभिजनबाट फुकेर हुँदैन। सडकमा…