बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम यही जेठ १६ गते हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा आज सम्पन्न कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आव २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । त्यही दिन बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबल ग