तिनाउ खोलामा फेला परेको बेवारिसे महिलाको शव बिहीबार साँझ सनाखत भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ विद्युत ड्याम नजिकै तिनाउ खोलाको बीच भागमा घोप्टो परेको अवस्थामा भेटिएको शव रुपन्देहीको सैनामैना नगरपालिका–३ की ७८ बर्षीया जितकुमारी कार्कीको रहेको प्रहरीले जानकारी दिएको छ ।अनुसन्धान गर्दै जाँदा उक्त शव कार्कीको भएको थाहा भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । मृतकका छोरा चक्रबहादुर कार्कीले आमाको शव पहिचान गरी बुझे