वीरगञ्ज– बाराको पचरौता नगरपालिकामा बुधबार बिहान एक महिलाको शव भेटिएको छ। पचरौता नगरपालिका–३ रामनगरस्थित खेतमा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। खेतमा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अन्दाजी ४०–४२ वर्षजस्तो देखिने महिलाको पहिचान हालसम्म खुल्न नसेकेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। महिलाको मुखमा सुर्ति भेटिएकोले नशालु पदार्थ खाएर मृत्यु भएको […]