एमसीसीमा सहमति जुटाउन बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसी जसरी पनि टेबल गरेरै छोड्ने पक्षमा उभिए भने अन्य दल माओवादी केन्द्र र एकीकृत समाजवादी कुनै हालतमा एमसीसी टेबल गर्न नहुने अडानमा रहे ।दुवै पक्षले आआफ्ना अडान नछोडेपछि बैठकमा चर्काचर्की हुन पुग्यो । माहोल तनावग्रस्त भएपछि शुक्रबार बिहान पुन शीर्ष नेता छलफलमा बस्नेगरी उठे पनि एमसीसीमा सहमति जुट्ने सम्भाव