सुनसरीमा एक साता निषेधाज्ञा थप

जिल्लामा कोरोना संक्रमणको दर तीव्ररुपमा वृद्धि हुँदै गएपछि सुनसरी जिल्लामा एक साताको लागि निषेधाज्ञा थप भएको छ।...

सम्बन्धित सामग्री

सुनसरीमा लकडाउनको मोडालिटी परिवर्तन : सवारी साधन जोरबिजोर प्रणालीमा चल्ने

असार १५, सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले लकडाउनको मोडालिटी परिवर्तन गर्दै बजार व्यवसाय सञ्चालनमा केही खुकुलो बनाउँदै असार २२ गते सम्मलाई निषेधाज्ञा थप गरेको छ । लकडाउन शुरु भएसँगै बन्द रहेका यातायातका सवारी साधनहरु पनि जोरबिजोर चल्ने गरि लकडाउनको मोडालिटी परिवर्तन गरिएको छ । सोमवार सुनसरीको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको संयोजकमा बसेको बेठकले मोडालिटी परिवर्तन गर्दै जिल्लामा एक साता निषेधाज्ञाको समय लम्ब्याइएको हो । प्रशासन कार्यालयका अनुसार २२ गते राति १२ बजे सम्मका लागि खुकुलो बनाउँदै लकडाउन थपिएको हो ।  लकडाउन अवधिमा निजी सवारी, सिटी सफारी, इ रिक्सा समेतलाई असार मंगलवारदेखि २२ गते राति १२ बजेसम्म जोरबिजोर प्रणालीमा चल्न छूट दिइने निर्णय गरिएको प्रशासन कार्यालयले जानकारी दिएको छ । सवारीसाधनहरु जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको मात्र चल्न पाउनेछन् । अघिल्लो लकडाउन घोषणा भएपछि बिहान ५ बजेदेखि १२ बजेसम्म खुल्दै आएका खाद्यान्न, तरकारी, फलफूल, डेरी, मासुजन्य तथा बिउबिजन विक्री गर्ने पसलहरु दिनैभरि सञ्चालन गर्न छूट दिइएको छ ।  यसबाहेकका पसलहरु भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ । हाटबजार, गुद्री, सब्जीमण्डीमा भिडभाड हुन नदिने निर्णय गरिएको छ भने कृषि थोक बजार बिहान ४ बजेदेखि बिहान १० बजेसम्म सञ्चालन गर्न दिइएको छ ।

सुनसरीमा निषेधाज्ञा थप खुकुलाे, यस्ता प्रतिबन्ध कायमै

इटहरी / सुनसरीमा थप खुकुलाे बनाउदै एकसाता निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार बसेको बैठकले जिल्लामा थप एक साता निषेधाज्ञा थपिएको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले एक हप्ता निषेधाज्ञा थप्दै आगामी असार २२ गतेसम्म लम्ब्याइएको छ । कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणका सम्बन्धमा कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश,... The post सुनसरीमा निषेधाज्ञा थप खुकुलाे, यस्ता प्रतिबन्ध कायमै appeared first on Purbeli News.

सुनसरीमा निषेधाज्ञा थप कडा, २२ गते सम्म थपियाे - Purbeli News

इनरुवा / सुनसरीमा निषेधाज्ञाको अवधि जेठ २२ गते सम्मलाई थपिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जेठ २२ गते मध्यरात सम्म निषेधाज्ञा कायम गरिएको बताए । प्रजिअ ढकालले जिल्लामा जारी निषेधाज्ञाकै कारण कोरोना भाइरस फैलने क्रममा कमी...