चीनबाट टिपर तथा एम्बुलेन्स आयात

असार १७, रसुवा । सामान ढुवानीमा प्रयोग हुने टिपर तथा बिरामी बोक्ने एम्बुलेन्स चीनबाट रसुवागढी नाका हुँदै आयात भएका छन् ।  आयातको परिमाण २० अ‍ोटा ठूला टिपर एवम् एक एम्बुलेन्स रहेका छन् । ती सवारी साधन भन्सार प्रक्रिया पूरा गरी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यही असार १ गतेदेखि १५ दिनको अवधिमा उक्त सवारी साधन पासाङल्हामु राजमार्ग हुँदै पर्साको वीरगञ्जतर्फ प्रस्थान भएका बताइएको छ । सवारी साधनका अलावा फलफूल स्याउ, निर्माणाधीन विद्युत् आयोजनाका उपकरण, ओखर, लसुन, जुत्ताचप्पल, तयारी पोशाक, अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री रहेका छन् । आयात भएका सामग्री बोक्ने मालवाहक सवारी साधन नियमितरूपमा राजधानी काठमाडौंतर्फ प्रस्थान गरिरहेका छन् । अनिवार्य मास्क लगाउन र एक सहयोगीबाहेक अन्य व्यक्ति नराख्न चालकलाई बारम्बार अग्रह गरिएको प्रहरीले जानकारी दिएको छ ।  कोरोना संक्रमणको जोखिम बढेसँगै पासाङल्हामु राजमार्गमा गुड्ने सानाठूला सबै प्रकारका सवारी साधनमा ठाउँ ठाउँको जाँच परीक्षणमा भने शून्यता छाएको छ । अवैध चिजवस्तु ओसारपसार नियन्त्रण एवम् सुरक्षा प्रदानका लागि सडक मार्गमा तैनाथ गरिएका सुरक्षा अंगले कोरोनाको त्रास बढेपछि परैबाट गाडी नम्बर टिपाइ छाड्ने गरेका छन् ।  चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनर भन्सार कार्यालयबाट शिलबन्दी भई आउने र अन्य सवारी साधनको हकमा जरूरी कामको प्रकृति हेरी कोभिड नियन्त्रण व्यस्थापन समितिको अनुमतिमा मात्र गुड्ने भएकाले गैरकानूनी क्रियाकलापको आशंका गर्ने ठाउँ नरहेको प्रहरीले जानकारी दिएको छ । कोभिड - १९ को जोखिमलाई मध्यनजर राखी प्रहरीको रेखदेखमा स्वास्थ्य मापदण्ड पूरा गरेका चालक तथा कामदार मात्र रसुवागढी नाकामा जान पाउने र सीमा क्षेत्रमै एकीकृत रूपको परीक्षण गर्ने व्यवस्था गरिएकाले अन्य क्षेत्रमा थप परीक्षण गर्न आवश्यक नरहेको सुरक्षा निकायले बताएको छ । रासस

सम्बन्धित सामग्री

चले ब्रुमर र पूर्वाधार एम्बुलेन्स, ‘इनर्जी बिन’ चलाउन अध्ययन हुँदै

२ असार, काठमाडौं । केही दिनदेखि काठमाडौं महानगरभित्रका सडकमा खाल्डा भएको खबर पाउनासाथ रातो रंगको टिपर स्थानीय क्षेत्रमा माटो मिसिएको गिट्टी बोकेर पुग्छ, खाल्डो पुर्छ र फर्किन्छ । यसको नाम हो, ‘पूर्वाधार एम्बुलेन्स ।’ फोहोर बोक्ने गाडीलाई रंग लगाएर टिलिक्क बनाएपछि यसले गर्ने काम पनि बदलिएको छ । महानगरका इन्जिनियर कामदारसहित यही गाडीमा चढेर टोल–टोलमा […]

रसुवागढी नाका : आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेबाट ४ अर्ब ३३ करोडभन्दा बढी राजस्व संकलन हुँदा निर्यात शून्य भएको छ । यो साउनदेखि पुस मसान्तसम्ममा रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्यांकनबाट प्राप्त राजस्वको आँकडा हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार ६ महीनाको अवधिमा ४ अर्ब ३३ करोड ४५ लाख ९ हजार संकलन भएको छ । कोभिड संक्रमणको शुरुआतपछि चिनियाँ पक्षले दैनिक नौओटा कन्टेनरमार्फत रसुवागढीको मितेरी पुलछेउमा सामान पुर्‍याउने गरेको छ । व्यापारी, व्यवसायी र निजी कम्पनीमार्फत आयात गरिएका सामग्रीमा लाग्ने शुल्कबापतको राजस्व असुली भएको हो । चीनतर्फ जाने निर्यात भने शून्य छ । दुई आर्थिक वर्षको राजस्व असुली तुलनात्मक रूपमा हेर्दा यस वर्ष झन्डै साढे दुई गुनाले बढेको छ । गतवर्षको यस अवधिमा १ अर्ब ७२ करोड २४ लाख २ हजार मात्र असुली भएको थियो । साना–ठूला सबै प्रकारका सवारीसाधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोशाक, जुत्ताचप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता विविध सामग्री आयात भइरहेको भन्सार कार्यालय टिमुरेले बताएको छ । यस वर्षको वार्षिक असुली लक्ष्य भने ६ अर्ब ८१ करोड ११ लाख रहेको छ । सवारीसाधन बढी मात्रामा आयात हुन थालेसँगै राजस्वमा वृद्धि हुन थालेको हो । गतवर्षदेखि हालसम्म जुमक्रेन, टिपर, एम्बुलेन्स, माइक्रोबस, मिनीबस, जीप तथा कारसमेतका १ हजारभन्दा बढी सवारी आयात भइसकेको बताइएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सामान पल्टी गर्दा क्वारेटाइनमा राखिएका कामदार मात्र मितेरी पुलमा परिचालन गरिएको छ ।    सामान पल्टी गर्ने स्थल पूरै घेरावाल लगाइ पीपीई लगाएका चालक एवं कामदारका अलावा नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै भन्सार कर्मचारीले मात्र प्रवेश पाउने बताइएको छ । रासस

अशोक लेलैण्डद्वारा नगरपालिका तथा अस्पताललाई शववाहन हस्तान्तरण

काठमाडौँ – आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवरद्धित अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शववाहन हस्तान्तरण गरेको छ। कम्पनीले ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत, बेदकोट नगरपालिका कञ्चनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शववाहन हस्तान्तरण गरेको हो। आइएमई मोटर्सले शववाहनसहित विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक, टिपर, स्कुल बससहित साना तथा ठूला […]

नगरपालिका तथा अस्पताललाई अशोक लेलैण्डद्वारा शव वाहन हस्तान्तरण

मंसिर २६, काठमाडौं । आइएमई ग्रुप अन्तर्गतको अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शव वाहन हस्तान्तरण गरेको छ ।  कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत, बेदकोट नगरपालिका कञ्चनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शव वाहन हस्तान्तरण गरिएको हो ।  एक अस्पताल प्रमुखका अनुसार अहिले प्रयोग हुँदै आएको शव वाहन सानो तथा पुरानो मोडलमा आधारित छ ।  महामारीको समयमा थप शव वाहन आवश्यकता देखिएकाले प्रक्रिया अगाडि बढाएर अशोक लेलैण्डको दोस्त मोडलमा आधारित शव वाहन किनेको हो । खरीद गरिएको शव वाहन अहिले सम्मक ठूलो र फराकिलो रहेको बताइएको छ । आइएमई मोटर्सले शव वाहनसहित विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सिएल गाडीहरु विक्री वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।

आइएमई मोटर्सद्वारा सुविधासम्पन्न एम्बुलेन्स हस्तान्तरण

काठमाडौं (अस) । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैन्डले तनहुँको डुम्रेमा रहेको सिजन युवा क्लब र शान्ति आमा समूहलाई दोस्त मोडलमा निर्मित सुविधासम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ । कार्यक्रममा आइएमई मोटर्सका कर्पाेरेट सेल्स हेड सुशील राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठसहितलाई हस्तान्तरण गरे । श्रेष्ठले डुम्र्रेमा यस प्रकारको सुविधायुक्त एम्बुलेन्सले नागरिकलाई सहज हुने विश्वास व्यक्त गरे । अरूभन्दा दोस्त एम्बुलेन्स ठूलो र फराकिलो भएकाले बिरामीका साथै तिनका सदस्य एवं डाक्टर बस्न मिल्ने सुविधा हुँदा टाढा–टाढा अस्पताल पुग्नुपर्दा सहज हुने उनको भनाइ छ । आइएमई मोटर्सले दोस्त एम्बुलेन्सका साथै एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स कर्पाेरेट सेल्सका माध्यमबाट बिक्री गर्दै आएको छ । आइएमई मोटर्सले गत वैशाखमा पाँच एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स भारतीय दूतावासलाई हस्तान्तरण गरेको थियो । आइएमई मोटर्सले एम्बुलेन्स, दमकल, ट्रक, टिपर, स्कुल बसलगायत साना–ठूला कमर्सियल गाडी बिक्री गर्दै आएको छ ।

दोगडाकेदार गाउँपालिकाका सबै सवारी–साधन संक्रमित बोक्न प्रयोग गरिने

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी–साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको छ ।  गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीका अनुसार गाउँपालिकामा एक एम्बुलेन्स, एक टिपर, एक...

बैतडीको दोगडाकेदार गाउँपालिकाका सबै सवारी साधन सङ्क्रमित बोक्न प्रयोग गरिने

बैतडीको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको छ ।  गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीका अनुसार गाउँपालिकामा एक एम्बुलेन्स, एक टिपर, एक बोलेरो जिप र एक कार रहेका छन् । यसअघि गाउँपालिकामा सङ्क्रमित बिरामी बोक्नका लागि  एम्बुलेन्स मात्रै प्रयोग गरिएको थियो । महामारी

गाउँपालिकाका सबै सवारी साधन संक्रमित बोक्न प्रयोग गरिने

बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका  सबै सवारी साधन कोरोना रोकथाम, नियन्त्रण तथा बिरामीको उपचारमा प्रयोग गर्ने जनाएको छ।गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको छ।गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीका अनुसार गाउँपालिकामा एक एम्बुलेन्स, एक टिपर, एक बोलेरो जिप र एक कार छ।गाउँपालिकाले यसअघि संक्रमित बिरामी बोक्नको लागि एम्बुलेन्स मात्रै प्रयोग गरेको