बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना रोकथाम, नियन्त्रण तथा बिरामीको उपचारमा प्रयोग गर्ने जनाएको छ।गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको छ।गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीका अनुसार गाउँपालिकामा एक एम्बुलेन्स, एक टिपर, एक बोलेरो जिप र एक कार छ।गाउँपालिकाले यसअघि संक्रमित बिरामी बोक्नको लागि एम्बुलेन्स मात्रै प्रयोग गरेको