काठमाडौं (अस) । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैन्डले तनहुँको डुम्रेमा रहेको सिजन युवा क्लब र शान्ति आमा समूहलाई दोस्त मोडलमा निर्मित सुविधासम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
कार्यक्रममा आइएमई मोटर्सका कर्पाेरेट सेल्स हेड सुशील राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठसहितलाई हस्तान्तरण गरे ।
श्रेष्ठले डुम्र्रेमा यस प्रकारको सुविधायुक्त एम्बुलेन्सले नागरिकलाई सहज हुने विश्वास व्यक्त गरे । अरूभन्दा दोस्त एम्बुलेन्स ठूलो र फराकिलो भएकाले बिरामीका साथै तिनका सदस्य एवं डाक्टर बस्न मिल्ने सुविधा हुँदा टाढा–टाढा अस्पताल पुग्नुपर्दा सहज हुने उनको भनाइ छ । आइएमई मोटर्सले दोस्त एम्बुलेन्सका साथै एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स कर्पाेरेट सेल्सका माध्यमबाट बिक्री गर्दै आएको छ ।
आइएमई मोटर्सले गत वैशाखमा पाँच एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स भारतीय दूतावासलाई हस्तान्तरण गरेको थियो । आइएमई मोटर्सले एम्बुलेन्स, दमकल, ट्रक, टिपर, स्कुल बसलगायत साना–ठूला कमर्सियल गाडी बिक्री गर्दै आएको छ ।