काठमाडौंलाई फोहोर मुक्त बनाउने एजेण्डासहित स्थानीय निर्वाचनमार्फत मेयरमा विजयी भएका बालेन्द्र शाह (बालेन) सो बाचा पूरा गर्न दौडधूप गरिरहेका छन् । काठमाडौंको फोहोर फाल्ने गरिएको सिसडोलका स्थानीयले अवरोध पुर्याउँदा यतिवेला उनलाई पहिलो गाँसमै ढुंगा भनेझैं भएको छ । अघिल्लो स्थानीय सरकारले गरेका प्रतिवद्धता पूरा गर्नुपर्ने मागसहित सिसडोलबासी आन्दोलनमा उत्रिएपछि मेयर शाह संघीय र प्रदेश सरकारसँग सहयोगको आग्रह गरिरहेका छन् । तर तीनै तहको सरकारबीच उचित समन्वय हुन नसक्दा काठमाडौंमा फोहोरको थुप्रो लाग