परिसंघ युवा उद्यमी मञ्चमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ)को अध्यक्षमा अनुराग गोयल चुनिएका छन् । मञ्चको वार्षिक साधारणसभाले सन् २०२३–२०२४ का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । गोयल, गोयल गु्रपका प्रबन्ध निर्देशक हुन् । बिहीवार काठमाडौंमा सम्पन्न मञ्चको वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिमा आशिष अग्रवाल (लर्निङ चेयर), चिराग सरावागी (मेम्बरसिप चेयर), मनिष श्रेष्ठ (मेम्बर इन्टीग्रेसन), सुगम घिमिरे (ग्रोथ एण्ड एक्सपान्सन), संकेत संघाई (फाइनान्स चेयर), निदा दुन मल्न (कम्युनिकेसन चेयर), पुनित अग्रवाल (स्टार्टअप चेयर) र सिने खेतान चुरिवाल (स्टार्टअप को–चेयर) मा चुनिएका छन् ।  मञ्चको साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको सुदृढीकरणमा उद्यमीहरूको महत्त्वपूर्ण भूमिमा रहने बताए । स्थापित उद्यमीले नवीन सोच राखेका युवासँग सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।  नेपाल उद्योग परिसंघका प्रेसिडेन्ट एमिरेट्स विनोद चौधरीले नयाँ सोच, योजना, लक्ष्य लिएर अगाडि बढेका युवालाई थोरै मात्र भएपनि प्रोत्साहन गर्दा उद्यमशीलताको विकासमा महत्त्वपूर्ण योगदान हुने बताए । उनले उद्यमशीलताका माध्यमबाटै देशको आर्थिक विकास हुने भएकाले युवालाई प्रोत्साहन गर्ने नीति लिन आग्रह गरे ।  परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले देशमा रोजगारी बढाउन, औद्योगिकीकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिए । परिसंघका उपाध्यक्ष एवं मञ्चका कन्भेनियर रोहित गुप्ताले मञ्चले उद्यमशीलता विकास, स्टार्टअपको प्रवर्द्धनमा केन्द्रित रहेर काम गर्दै आएको बताए । स्टार्ट–अप र युवाहरूलाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्ने गरी काम गर्ने अध्यक्ष गोयलले बताए । उनले युवा उद्यमीलाई दृढ आत्मविश्वासका साथ काम गर्ने गरी नीतिगत सुधार गर्दै प्रोत्साहन गरिनुपर्नेमा जोड दिए । 

सम्बन्धित सामग्री

नेपाल युवा उद्यमी मञ्च एक्काइसाैं वर्षमा

नेपाली युवा उद्यमी मञ्चले २० औं वार्षिकोत्सव मनाएको छ। मञ्च नेपालभरका युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा दुई दशकदेखि समर्पित छ।...

नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपालबीच सम्झौता

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) र लिडरसिप एकेडेमी नेपाल (ल्यान) बीच सम्झौता भएको छ । एनवाईइएफका अध्यक्ष रितेश लामिछाने र ल्यानका प्रमुख कार्यकारी अधिकृत अरुण आर. जोशीले  समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । नेतृत्व र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने गरी सिकाइ र विकासको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो ।  नेपाली युवा उद्यमी...

महिला-युवा उद्यमी सम्मेलन सकियो

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले सन् २०१३ देखि महिला-युवा उद्यमी सम्मेलन (वाईईएसडब्लु) आयोजना गरेको छ । १० वैशाखमा हायात प्लेस काठमाडौंमा यसै कार्यक्रममको आयोजना गरियोे । उक्त कार्यक्रमको उद्घाटन ऊर्जा मन्त्री पम्फा भुसालबाट पानसमा बत्ती बालेर भएको थियो । सोही अवसरमा मन्त्रीका तर्फबाट युवा उद्यमीहरुलाइ बधाई तथा शुभकामना व्यक्त गरे । सम्मेलनमा कृषि, निर्माण कार्य, […]

आठौं महिला युवा उद्यमी सम्मेलन १० वैशाखमा

उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले १० वैशाखमा आठौं महिला युवा उद्यमी सम्मेलन २०२२ आयोजना गर्ने भएको छ ।संस्थाले सन् २०१३ देखि महिला–युवा उद्यमी सम्मेलन (वाइइएसडब्लु) आफ्नो एक गौरवशाली कार्यक्रमको रुपमा आयोजना गर्दै आएको र १० वैशमखमा त्यसलाई निरन्तरता दिन लागेको जनाएको छ ।सम्मेलनमा कृषि, निर्माणकार्य, शारीरिक व्यायाम, परामर्शदाता, […]

महिला युवा उद्यमी सम्मेलन आयोजना हुँदै

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले आगामी वैशाख १० गते महिला युवा उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ । सन् २०१३ देखि महिला युवा उद्यमी सम्मेलन गर्दै आएको मञ्चले यस वर्ष पनि सम्मेलन आयोजना गर्न लागेको हो ।  महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले मञ्चले महिला युवा उद्यमी सम्मेलन गर्दै आएको छ । यसमा कृषि, निर्माण कार्य, शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान...

नेपाली युवा उद्यमी मञ्चले ‘महिला–युवा उद्यमी सम्मेलन– २०२२’ आयोजना गर्दै

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले आठौँ महिला–युवा उद्यमी सम्मेलन– २०२२ आयोजना गर्ने भएको छ ।

महिला युवा उद्यमी सम्मेलन हुने

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) को आयोजनामा आगामी वैशाख १० गते महिला युवा उद्यमी सम्मेलन हुने भएको छ । सो संस्थाले २०१३ देखि नै महिला युवा उद्यमी सम्मेलन गर्दै आएकामा यो वर्षपनि गर्न लागेको हो ।  जसमा कृषि, निर्माण कार्य, शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला यूवा उद्यमीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।  यस वर्ष व्यवस्थित र योजनावद्ध वाइ.इ.एस.डब्लू–२०२२ का साथ उक्त कार्यव्रmमको नारा ‘बिओण्ड ब्यारिअर’ राखिएको छ ।अन्तर्राष्ट्रिय मजदुर सं

युवा उद्यमी मञ्च र यती एअरलाइन्सबीच सहकार्य

हवाई सेवा प्रदायक कम्पनी यती एअरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यावसायिक सहकार्य भएको छ।

अन्तराष्ट्रिय युवा उद्यमी महासंघ स्थापना

काठमाडौँ । नेपाली उत्पादनलाई विश्वबजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासङ्घले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजिकरण गर्ने र बढी भन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । उक्त संस्थाको […] The post अन्तराष्ट्रिय युवा उद्यमी महासंघ स्थापना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विराटनगरमा युवा उद्यमी महिला सम्मेलनको तयारी

विराटनगर- नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले यही मंसिरमा एकदिने ‘युवा उद्यमी महिला सम्मेलन’ गर्ने भएको छ ।प्रदेश नं. १ का महिलालाई व्यापार व्यवसायमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले मंसिर १८ गते सम्मेलन गर्न लागिएको अध्यक्ष युनेशराज श्रेष्ठले बताए । उक्त सम्मेलन भर्खरै व्यापार व्यवसायमा लागेका र भविष्यमा व्यापार गर्ने सोच बनाएकाहरूका लागि फलदायी हुने उनको […]