हरेक वर्ष डुबानबाट पीडित बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दाले डुबान र कटान समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने बताएका छन् । बर्सेनि डुबान र कटानको समस्या झेल्दै आएका उनीहरुले भोट माग्न आउने राजनीतिक दलका नेता तथा उम्मेदवारलाई जमिन कटान र बस्ती डुबानमा पर्ने समस्याको दिगो समाधानका लागि तटबन्धको व्यवस्था गरिदिन माग गर्दै आएका छन् । …