कास्की - पोखरामा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ ।
लगातारको ठूलो वर्षाका कारण कतै पहिरो गएको छ भने कतै डुबान भएको छ । पोखरा महानगरपालिका-१३ कमल पोखरी क्षेत्रका करिब एक सय घर डुबानमा परेको वडा अध्यक्ष किरण बरालले जानकारी दिनुभयो।
उहाँले गएराति १० बजेदेखि घरहरु डुबानमा पर्न थालेको र आफू रातभर डुबान क्षेत्रमा नै रहेको जानकारी दिनुभयो । ‘वर्षाको भलले निकास नपाउँदा डुबान भएको हो,’ वडा अध्यक्ष बरालले भन्नुभयो ।
यस्तै, पोखरा २९ सैनिक बस्तीमा पनि सडकमै खोला बगेको छ । सबैतिरबाट एकै ठाउँम...