जनकपुरधामबाट रकम लुट्ने दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।एक नीजि बैंकबाट रकम झिकेर गन्तव्य तर्फ जाँदै गरेकी एक महिलाबाट झोलामा रहेको रुपैयाँ र मोवाईल खोसेर फरार रहेका दुई युवकलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-७ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डल रहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।गत सोमबार वैदेशिक रोजगारीमा रहेका श्रीमानले पठाएको दुई लाख रुपैयाँ मिल ए