प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुनुको एउटा मूल कारण हो – साझा न्यूनतम कार्यक्रम । अन्ततः सत्तारुढ गठबन्धनको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको छ । सत्तारुढ दलका शीर्ष नेताहरुको हस्ताक्षरमा जारी गरिने न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन लगायतका विषयहरु समेटिएका छन् । सत्तापक्षीय कार्यदलले सोमबार तयार पारेको ड्राफ्टलाई बालुवाटारमा मंगलबार आयोजित शीर्ष नेताहरुको बैठकले अन्तिम रुप दिएर सार्वजनिक गर्ने तयार