नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल एमालेसँग सहकार्य र तालमेल हुने सम्भावना आफूले नदेखेको बताएका छन् । बिहीबार रुपन्देहीमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अहिले तत्काल एमालेसँगको सहकार्य र तालमेलको सम्भावना आफूले नदेखे पनि तालमेलको विषय नेपाली काँग्रेसको व्यवहारमाथि पनि भर पर्ने बताए । स्थानीय चुनावमा एमालेसँग तालमेलबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले काँग्रेसको मूल नेतृत्व हालकै गठबन्धन जोगाउने पक्षम