सर्वोच्च अदालत परिसर र परिसर बाहिर पत्रकारहरूलाई समाचार संकलनमा क्रममा पुर्याइएको अवरोधप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
न्याय क्षेत्रमा देखिएको विकृतिको अन्त्य र सर्वोच्च अदालतका प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनले निरन्तर जारी राखेको आन्दोलनको क्रममा पत्रकारहरूलाई अदालत र प्रहरी प्रशासनबाट समाचार संकलनमा अवरोध पुर्याउने र दुव्र्यवहार गरिने काम हुँदै आएको महासंघको भनाइ छ ।
‘स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारमाथि अदालत र प्रहरी प्रशासनबाट...