काठमाण्डाै – सर्वोच्च अदालत बार एसाेसिएशनले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको नियुक्ति र छनोट प्रक्रिया गलत रहेको बताएको छ ।
न्याय परिषदबाट गएकाे फागुन २८ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस सुवेदीको योग्यता नपुगेको बार एसाेसिएशनले बताएकाे छ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुन उच्च अदालतमा न्यायाधीशका रूपमा पाँच वर्ष काम गरेको हुनुपर्ने तर सुवेदीको हकमा तीन वर्ष दुई महिना तीन दिनमात्र काम गरेको दे...