विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ।१ हजार ११२ जनाको पिसिआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, संखुवासभा र उदयपुरमा २/२, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको हो।सुनसरीको धरानमा १७६, इटहरीमा ७७, बर्जुमा ६, इनरुवा र स्थानीय तह नखुलेका ४/४, देवानग