पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा दोस्रो चरणको कोरोना संक्रमणबाट प्रदेश १ मा ५४६ जना मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ का विभिन्न अस्पताल र संस्थागत एवम् होम आइसोलेशनमा उनीहरुको मृत्यु भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयकाअनुसार ५ महिला र १७ पुरुषको यो बीचमा मृत्यु भएको हो । सबैभन्दा बढी मोरङका ७ झापाका ६, सुनसरीका ४ र इलाम र भोजपुरका १–१ जना तथा प्रदेश १ बाहिरका ३ जनाको मृत्यु भएको मन्त्रालयक