बल्दे–अम्कोट सडक अनुगमन

बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत बल्दे–अम्कोट सडक अनुगमन गरिएको छ । सरोकारवाला निकायले शनिबार सो सडक अनुगमन गरेको हो । बल्दे–अम्कोट सडक बर्खाका बेला सधैँ अवरुद्ध हुने गरेकाले यो वर्ष यातायात सेवा नियमित गर्ने उद्देश्यले अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बर्खाका समय पानी पर्नेबित्तिकै सडक भत्किने गरेकाले त्यसको समाधान गर्न र यातायात सेवा नियमित गर्न सडक अनुगमन गरिएको हो । सो सडकलाई सञ्चालन गर्न सकिन्छ वा विकल्पका रूपमा सडक सञ्चालन गर्ने विषयमा छलफल गरिएको छ । बर्खा लागेसँगै मनसुन सुरु हुनुअगावै सडक अवरुद्ध हुने गरेकाले त्यसको विकल्प खोज्न अनुगमन गरिएको बुढीगङ्गा नगरपालिका–२ का यातायात व्यवसायी वीरबहादुर थापाले बताउनुभयो ।

सम्बन्धित सामग्री

सिरुटार–बिरुवा सडक अनुगमन

भक्तपुर, २ चैत । सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित चारदोबाटो बिरुवा बसपार्क सडक निर्माणको अनुगमन गरिएको छ । बागमती प्रदेश सरकारका भौतिक तथा योजनामन्त्री युवराज दुलालसहितको टोलीले आज अनुगमन एवं निरीक्षण गरेको हो । अनुगमन मन्त्री दुलाल, सङ्घीय सरकारका पूर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका सल्लाहकार डिबी ढकाल, प्रदेशसभा सदस्यद्वय किरण थापा, सकुन्तला श्रेष्ठ र वडाअध्यक्ष […]

उपप्रधानमन्त्री श्रेष्ठद्वारा भक्तपुर–नगरकोट सडक अनुगमन

भक्तपुर । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्मको सडक अनुगमन गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, भक्तपुर नगरकोट सडक विस्तार आयोजनाका प्रमुख, शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिलगायत सरोकारवाला निकायसहितको टोलीले सडकको अनुगमन गरेको हो । अनुगमनपछि नगरकोट बसपार्कमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठले भक्तपुर–नगरकोट सडक विस्तारको कामप्रति आफू सन्तुष्ट नरहेको भन्दै यस्तै अवस्था रहे सरकार सहेर नबस्ने बताए । अबको एक महीनाभित्र गुणस्तरीय सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे ठेक्का सम्झौता खारेज गरिने चेतावनी उनले दिए । ‘यो सडकको सम्झौता सन् २०१४ मा भएको हो । यो सन् २०१६ भित्र सम्पन्न गरिसक्नुपर्ने थियो, सातपटक म्याद थप गरिसकिएको छ, तर पनि अहिलेको अवस्था हेर्दा सन्तोष गर्ने ठाउँ छैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘तपाईंहरूले पनि सडकको हालत देखिहाल्नुभयो, जनताको असन्तुष्टि र आक्रोश पनि देख्नुभयो, यसमा हामी गम्भीर छौं ।’ निर्माण कम्पनीले भक्तपुर–नगरकोट सडकको निर्माणमा उपेक्षा गरेको भन्दै उनले समयमा गुणस्तरीय काम गरेर हस्तान्तरण नगरे अब थप समय नदिने बताए । रासस

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सडक अनुगमन

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्माणमा ढिलाइ भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको नवलपुर खण्डमा अनुगमन गरेका छन्।...

जिल्ला समन्वय समितिद्वारा म्याङलुङ जिरी सडक खण्डको अनुगमन

तेह्रथुम– जिल्ला समन्वय समिति तेह्रथुमले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत जिरी बगाले म्याङलुङ सडक खण्डको अनुगमन गरेको छ । समन्वय समिति तेह्रथुमका उपप्रमुख श्री कार्की र प्राविधिक टोलीले सडक अनुगमन गरेको हो । लोकमार्ग अन्तरगत म्याङलुङ वसन्तपुर २६ किलोमिटर तिन प्याकेज बनाएर सडकलाई कालोपत्रेको काम गरिएको थियो ।  पहिलो र दोस्रो खण्ड निर्माण सम्पन्न […]

व्याप्त छ सडक खन्ने असारे मेलो

सडक विभागले गत जेठको अन्तिम साता सूचना नै निकालेर असार १ देखि भदौ मसान्तसम्म सडक खन्न वा भत्काउन नदिने घोषणा गर्‍यो । विभागको संघीय सडक अनुगमन तथा सुपरिवेक्षण कार्यालय काठमाडौँले सूचना निकालेर कुनै पनि सडक खन्न अनुमति नदिइने भनेको भए पनि अहिले काठमाडौँका विभिन्न स्थानमा विभिन्न बहानामा सडक खन्ने काम भइरहेको छ ।रातोपाटीका फोटो पत्रकार सुवास श्रेष्ठले काठमाडौँको किलागल, ठमेल र नयाँ बजार पुग्दा सरकारी निकायको निर्णय र सूचनालाई बेवास्ता गर्दै सडक खनिरहेको त कतै डाइभर्सन बनाएर राखिएको तस्बिर कैद

सर्लाहीमा ७ सय ५० सवारी साधनको छड्के अनुगमन

सर्लाही । यातायात कार्यालय बर्दिवासले सर्लाहीमा ७ सय ५० सवारी साधनको छड्के सडक अनुगमन गरेको छ । शनिवार यातायात कार्यालय बर्दिवासको नेतृत्वमा,जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको संयुक्त रूपमा छड्के सडक अनुगमन गरिएको यातायात कार्यालय बर्दिवासले जनाएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित फुलजोर,लालबन्दी नगरपालिका स्थित नवलपुर र हरिवन नगरपालिका स्थित नयाँरोड र हरिपुर नगरपालिका स्थित […] The post सर्लाहीमा ७ सय ५० सवारी साधनको छड्के अनुगमन appeared first on राजधानी राष्ट्रिय दैनिक.

असारदेखि भदौसम्म सडक खन्न र भत्काउन रोक

२५ जेठ, काठमाडौं । सडक विभागले आगामी १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन नदिने भएको छ । सडक विभाग अन्तरगतको संघीय सडक अनुगमन तथा सुपरीवेक्षण कार्यालय काठमाडौंले सूचना निकालेर १ असारदेखि कुनै पनि सडक खन्न अनुमति नदिइने बताएको छ । वर्षा लागेको अवस्थामा धारा, ढल, बिजुली तथा टेलिफोन जस्ता प्रयोजनका लागि सडक खन्दा […]

मन्त्री पौडेलद्वारा ढोरपाटन–साल्झन्डी सडक अनुगमन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन् । शुक्रबार मन्त्री पौडेलले ढोरपाटन–साल्झन्डी र गादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेका हुन् ।अनुगमनका क्रममा मन्त्री पौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । “सडकको काम कुनै पनि हालतमा नरोकियोस्,” मन्त्री पौडेलले भने, “प्रभावित स्थानीयलाई मुआब्जा दिएर सहमतिमै काम […]