काठमाडौं : यतिवेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ विदेश भ्रमणका लागि दौडधूप गरिरहेका छन्। मन्त्रालयका अनुसार मन्त्रीको जिम्मेवारी सम्हालेको ८ महिनामा श्रेष्ठ ५ पटक विदेश भ्रमण गरिसकेका छन्।नेपालीको मुख्य श्रम गन्तव्य मुलुकमा रहेको पारिश्रमिक, सुरक्षा समस्या साथै श्रम सम्झौता नवीकरणका लागि विदेश भ्रमण गरिरहेको भनाइ छ। २२ असोज २०७८ मा श्रम मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री श्रेष्ठ मलेसिया, युएई (दुईपटक), कतार, सेसेल्सलगायत देश