७ भदौ, काठमाडौं । सरकारले एकैपटक ३ वटा उच्चस्तरीय विदेश भ्रमणलाई स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार २ मन्त्री र ३ सचिवको विदेश भ्रमण स्वीकृत दिइएको हो । कार्कीका अनुसार बेलायतमा भदौ २२ देखि आयोजना हुने ‘द एक्सपोजर प्रोग्राम एन्ड नलेज सेयरिङ’सम्बन्धी कार्यक्रममा भाग लिन सचिव रामप्रसाद थपलियालाई स्वीकृति दिएको […]