पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गर्नेहरुबाट आफूले लिनेखाने काममा संलग्न रहेको अभियोग लागेको छ । उनीविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा उनको के-कस्तो भूमिका थियो भन्ने उल्लेख छ । यस प्रकरणमा उनको संलग्नता किटान गर्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रहित प्रतिकूल, ठगी, संगठित अपराध र किर्तेमा मुद्दा चलाएको छ ।