नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल उत्पादन भइरहेको विद्युत् खेर जाने अवस्था ठूलो चिन्ताको विषय नभएको बताउनुभएको छ ।
प्राधिकरणद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले देशमा पर्याप्त विद्युत् उत्पादन भइरहेको सन्देश उपभोक्तालाई दिन सक्नु निकै सुखद पक्ष भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो “देशमा पर्याप्त बिजुली उत्पादन भएको सन्देश उपभोक्तासम्म पुगेमा घरायसी तथा औद्योगिक क्षेत्र उपभोक्ताको मनोबलसमेत बढ्ने छ । ”