जनकपुरधाम– मधेश प्रदेश सरकारले जनयुद्धमा सहिद भएकाहरुका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। फागुन १ गते जनयुद्ध दिवसको अवसरमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय मातहत रहेको मधेसी सहिद प्रतिष्ठानले माओवादी जनयुद्धका सहिद परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको मन्त्री भरत प्रसाद साहले जानकारी दिए। प्रत्येक सहिद परिवारलाई जनही एक लाख रुपैयाँका दरले सहयोग गर्ने […]