कर्णालीमा खाद्यवस्तु परीक्षण शुरू

सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशले उपभोक्तालाई गुणस्तरीय दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन प्रयोगशाला परीक्षण शुरू गरेको छ । प्रयोगशाला गत जेठमा सञ्चालनमा ल्याए पनि परीक्षण भर्खर शुरू गरिएको कार्यालयले बताएको हो । यसले गुणस्तरयुक्त खाद्यवस्तु पाउने नागरिक अधिकारमा सघाउ पुर्‍याएको कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले जानकारी दिए । प्रयोगशालामा अहिले दैनिक उपभोग्य वस्तुको परीक्षण भइरहेको उनको भनाइ छ । ‘दैनिक उपभोग्य वस्तुको गुणस्तर प्रयोगशालामा परीक्षण गर्न थालेका छौं,’ उनले भने, ‘अब गुणस्तर मापन गर्न बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ । नागरिकलाई गुणस्तरयुक्त खाद्यवस्तु उपभोगमा सघाउ पुगेको छ ।’ यसैबीच, कार्यालयले पछिल्लो तीन महीनाको प्रगति सार्वजनिक गरेको छ । दोस्रो त्रैमासिक प्रगति सार्वजनिक गरेको कार्यालयले ४१ दशमलव ९० प्रतिशत लक्ष्य पूरा भएको बताएको छ, जसअन्तर्गत ४१ दशमलव ९० प्रतिशत भारित प्रगति र ३० दशमलव ७७ प्रतिशत वित्तीय प्रगति भएको बताइएको छ । कार्यालयका निमित्त प्रमुख थापाका अनुसार पहिलो त्रैमासिकमा कार्यालयले ४० दशमलव ६७ प्रतिशत भारित प्रगति र ५६ दशमलव ६८ प्रतिशत वित्तीय प्रगति गरेको थियो । कार्यालयले गुणस्तरीय खाद्यान्न उपयोग गर्ने नागरिकको अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनसँगै उपभोक्ता सचेतनाका कार्यक्रमलाई बढावा दिइएको उनको भनाइ छ । कार्यालयले तीन महीनामा प्रदेशभर खाद्य बजार ३४, खाद्य उद्योग २९, दाना बजार दुई, दूध, तेल, पानी उत्पादन गर्ने उद्योग १९ र होटल/रेष्टुराँ, मिठाई पसल ३३ ओटामा अनुगमन गरेको बताएको छ । अनुगमनका क्रममा कार्यालयले ६ महीनामा रू. ६ लाख ८५ हजार ७०० मूल्यको गैरखाद्य वस्तु जफत गरी नष्ट गरेको र रू. ८ लाख २० हजार मूल्यको खाद्यवस्तु नष्ट गरेको निमित्त प्रमुख थापाले बताए । कार्यालयले हालसम्म रू. १ लाख ९२ हजार राजस्व संंकलन गरेको छ । रासस

सम्बन्धित सामग्री

बजारभरि म्याद नाघेका खाद्यवस्तु

गजुरी– धादिङको बजारभरि म्याद नाघेका खाद्यवस्तु भेटिएको छ । संयुक्त अनुगमन टोलीले बजार अनुगमन गर्दा त्यस्तो भेटिएको हो । राजमार्ग क्षेत्रका होटल, होटल आसपासका किराना पसलमा अनुगमन गर्दा म्याद नाघेका उपभोग्य वस्तुको बिक्री भइरहेको, उत्पादकले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्यमा सामान बिक्री गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए । जिल्ला बजार अनुगमन […]

विदेशबाट खाद्यवस्तु आयातमा रोक लगाउनुपर्छ : बामदेव गौतम

२४ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले सरकारले विदेशबाट खाद्यवस्तु आयातमा रोक लगाउनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि राष्ट्रियसभामा भइरहेको छलफलमा भाग लिँदै बुधबार गौतमले खाद्यवस्तुमा आत्मनिर्भर हुनुपर्ने र विदेशबाट खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् । ‘आगामी आर्थिक वर्षभित्र खाद्यवस्तुमा आन्तनिर्भरता, कृषिभूमिको चक्लावन्दी, कृषि उत्पादनको व्यवसायीकरण र औद्योगिकरण, राष्ट्रिय […]

जुम्लाका अधिकांश पसलमा म्याद गुज्रेका खाद्यवस्तु भेटिए

जिल्ला प्रशासन जुम्लाको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा ८० प्रतिशत खाद्यान्नका पसलमा म्याद गुज्रेका खाद्यवस्तु भेटिएका हुन्।...

दूषित खाद्यवस्तु बिक्री–वितरण गर्ने झापाका ३ उद्योगविरुद्ध मुद्दा दायर

गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिए।...

वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात : अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन् ।अर्थमन्त्री शर्माले देशमा साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिनेगरी आएको बताए । उनले सरकारी कार्यालयहरुमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग […]

वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन सकिँदैनः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले देशमा साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिने गरेर आएको बताए ।  मन्त्री शर्माले सरकारी कार्यालयहरूमा विदेशी आयातित वस्तुभन्दा देशभित्र न

दुर्गममा खाद्यवस्तु पुर्याउने ठेक्कामा चलखेल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँके र सुर्खेतबाट हुम्ला सिमकोटसम्म १० हजार क्वीन्टल खाद्यवस्तु हवाई ढुवानी गर्न अघि बढाएको प्रकृयामा बोलपत्र प्रकृयामा चलखेल गरेको छ । खाद्य कम्पनीका पदाधिकारीहरुले नेपालगञ्ज र वीरेन्द्रनगरबाट खाद्यान्न ढुवानी गर्दा यसअघि नै विवादित बनेका मनोज भारतीको कम्पनी सिम्रिक एअर कार्गोलाई नै ठेक्का दिनेगरी गोप्य शिलबन्दी बोलपत्र प्रकृयामा चलखेल गरेका हुन् ।भारती उनै हुन्, जसले गत वर्ष दार्चुलाका केही स्थानमा थपिएको सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बीओप

म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गर्ने १ जना पक्राउ

काठमाडौं, ९ भदौ । म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका १६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिका सुपरभाइजर काठमाडौं चन्द्रागिरी नगरपालिका ६ बस्ने ३१ वर्षीय सुवास खड्का पक्राउ परेका हुन् । विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ […]

कर्णालीमा खाद्यवस्तु र नुन पुर्‍याउन ७६ करोड रुपैयाँ विनियोजन

कर्णालीमा नुन र खाद्यवस्तु सहज रूपमा उपलब्ध गराउनका लागि ७६ करोड रुपैयाँ विनियोजन गरिएको छ

म्याद सकिएको खोलमा खाद्यवस्तु हालेर विक्री गर्ने उद्योग कारबाहीमा

दुई वर्ष अघिको खोलमा खाद्यवस्तु हालेर विक्री गर्ने मोरङ कटहरीको एउटा उद्योग कारबाहीमा परेको छ।