युरोप छिर्न लागेका १२ सय आप्रवासीको उद्धार

काठमाडौं : इटलीले दुईवटा डुंगामा कोचाकोच भएर सामुद्रिक मार्ग हुँदै युरोप छिर्न लागेका झण्डै १२ सय आप्रवासीलाई बचाउन ठूलो उद्धार अभियान चलाएको छ। सिसिली तटीय क्षेत्रमा इटलीको तट रक्षक दस्ताले उद्धार अभियान चलाइरहेको र पुराना डुंगामा सवार कयौँ व्यक्तिको उद्धार गरिएको बीबीसीले जनाएको छ। माछा मार्ने एक डुंगामा झण्डै ८ सय र अर्को डुंगामा झण्डै ४ सय आप्रवासी सामुद्रिक मार्गबाट जोखिम यात्रा गरिरहेको सूचनाको आधारमा तट रक्षक उद्धारमा खटिएको हो। ती आप्रवासीहरु लिबियाको तोब्रुकबाट इटली प्रवेश गर्

सम्बन्धित सामग्री

युरोप जान लागेका ६० आप्रवासी भोकले मरे

काठमाडौं : अफ्रिकाबाट अवैधरुपमा लिबिया हुँदै युरोप जान लागेको आप्रवासी सवार कम्तीमा ६० जनाको मृत्यु भएको छ। सामुद्रिक क्षेत्रमा मानवीय सहायता गर्दै आएको एसओएस मेडिटेरेनियनले डुंगाबाट २५ जनाको जिवितै उद्धार गरेको छ। उद्धार गरिएका आप्रवासीका अनुसार लिबियाको उत्तरी तटस्थित जावियाबाट गत हप्ताको शुक्रबार उनीहरु युरोपका लागि प्रस्थान गरेका थिए। तीन दिनको यात्रापछि रबरको डुंगाको इन्जिन फेल भएको थियो। इन्जिन फेल भएपछि समुद्रमा अलपत्र परेको डुंगामा खाना र पानीको अभावमा यात्रुहरुको मृत्यु भ

माल्टामा आप्रवासीको डुंगा पल्टिँदा पाँचको मृत्यु

उद्धार कार्यका क्रममा माल्टाको किनारमा आप्रवासी डुंगा पल्टिँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।  स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाए अनुसार उक्त डुंगामा ३० जनाभन्दा बढी आप्रवासीहरू युरोप जाँदै गरेको बताइएको छ । आप्रवासीहरू...

युरोप प्रवेश गर्न खोज्ने ६०० आप्रवासी शरणार्थी सेनेगलमै रोकिए

सेनेगलको नौसेनाले तीन दिनमा युरोप जाने ६०० भन्दा बढी आप्रवासीलाई देशको तटीय क्षेत्रमा रोकेको छ। नौसेनाले सामाजिक सञ्जालमा जानकारी गराएअनुसार ‘शनिबार आफ्नो एउटा गस्ती डुङ्गाले २६ महिला र १३ नाबालकसहित २६२ यात्रु बोकेका दुईवटा डुङ्गा नियन्त्रणमा लिएको  हो। नौसेनाले शुक्रबार २७२ र एक दिन अघि ७१ यात्रु बोकेको डुङ्गा रोकेपछि शनिबारको आँकडाले तीन दिनमा ६०५ जनाको मृत्यु भएको छ। सेनेगलको नौसेनाले अवैध आप्रवासीहरूलाई लक्षित गरी बोर्डिङ र उद्धार कार्यलाई तीव्र बनाएको छ। सेने

आप्रवासी चढेको डुङ्गा डुब्दा १० जनाको मृत्यु, ७२ जनाको उद्धार

सब–सहारा अफ्रिकाबाट युरोप जाने क्रममा भूमध्यसागरीय क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा १० जना आप्रवासीको ट्युनिसियाको तटीय क्षेत्रमा डुबेर मृत्यु भएको छ । ट्युनिसियाको दोस्रो शहर स्फ्याक्समा मङ्गलबार भएको पानी जहाज दुर्घटनापछि ७२ आप्रवासीको जिवितै उद्धार गरिएको र १० जनाको शव फेला परेको प्रवक्ता होउसेम जेबाब्लीले जानकारी दिनुभयो । पछिल्ला दशकमा गरिबी र द्वन्द्वको प्रभाबका कारण अफ्रिकी […]

भूमध्य सागरमा फसेका एक हजारबढी आप्रवासीको उद्धार

काठमाडौं : इटलीले भूमध्य सागरमा फसेका एक हजार बढी आप्रवासीको उद्धार गरेको छ। विभिन्न देशबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्न खोजेका झण्डै १३ सय आप्रवासी भूमध्य सागरमा फसेपछि इटलीको कोस्टगार्डले उद्धार अभियान चलाएको थियो। जसबाट एक हजारभन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन्। गत हप्तामात्रै यो क्षेत्रमा डुंगा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको थियो। पुराना र कमजोर डुंगामा ठेलमठेल गरी युरोपतर्फ लागेका आप्रवासी समुद्रमा फसेपछि इटलीले उद्धार अभियान चलाएको थियो। इटली

टर्कीको तटमा २ आप्रवासीको मृत्यु, ४३ को उद्धार

एजियन सागरमा दुई आप्रवासी मृत फेला परेका छन् । साथै सो क्षेत्रमा ढुङ्गाबाट  ४३ जनालाई उद्धार गरिएको टर्कीको तटरक्षकले बिहीबार जनाएको छ । ती आप्रवासीहरू अवैध तरिकाले टर्की प्रवेश गर्नेक्रममा रहेको बुझिएको छ । टर्की कोस्ट गार्डले विज्ञप्ति जारी गर्दै उनीहरूले बुधबार ती आप्रवासीहरूलाई आइदिन प्रान्तको तटमा फेला पारेका थिए। ग्रीक सुरक्षा बलहरूले आप्रवासी सवार रबरको ढुङ्गालाई जुन दिशाबाट आइरहेका थिए सोही दिशामा फर्काउँन बल प्रयोग गर्दा पानीमा डुबेको थियो। टर्किए हुँदै युरोप पुग्ने प्रया

युक्रेनमा रहेका नेपाली भन्छन् – आत्तिनुपर्ने अवस्था छैन, स्थिति सामान्य नै छ

परराष्ट्र मन्त्रालयले अहिलेसम्म एक सयभन्दा बढी नेपाली युक्रेन हेर्ने जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी दिएको छ । तीमध्ये थोरै विद्यार्थी र धेरै युरोप जान ट्रान्जिटका रूपमा युक्रेन छिरेका नेपालीहरू रहेको मन्त्रालयले जनाएको छ ।युक्रेनमा कथंकदाचित आक्रमण भइहालेमा ती नेपालीहरूको उद्धार गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयको तयारीका बारेमा सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिनन्–‘अहिलेसम्म त्यहाँ रहेका कुनै नेपालीले आपत् प¥यो भनेर दूताबाससँग सह

आप्रवासी चढेको एउटा डुुङ्गा भूमध्य सागरमा डुब्दा ४३ जनाको ज्यान गयो

काठमाण्डाै - युरोप जान लागेका आप्रवासी चढेको एउटा डुङ्गा डुब्दा ४३ जनाको ज्यान गएको छ । ८४ जनाको भने उद्धार भएको छ । डुङ्गा भूमध्य सागरमा डुबेको हो । लिबियाको उत्तर पश्चिमी क्षेत्रबाट इटली जान हिँडेकाहरु चढेको डुङ्गा ट्युनिसियाको सीमा नजिकै दुर्घटनामा परेको बीबीसीले जनाएको छ । डुङ्गामा इजिप्ट, सुडान, बङ्गलादेशलगायत देशका नागरिक चढेका खबरमा उल्लेख छ । द्वन्द्वका कारण केही वर्षयता मध्यपूर्व र अफ्रिका नागरिकहरु जोखिमयुक्त यात्रा गरेर युरोप प्रवेश गर्ने गरेका छन् ।

ट्युनिसियामा डुङ्गा डुब्दा ४३ आप्रवासीको मृत्यु

काठमाडौं :  ट्युनिसियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा ४३ जनाको मृत्यु भएको छ।लिबियाको जुवारा बन्दरगाहाबाट युरोप हिँडेका ४३ आप्रवासीको निधन भएको र ८४ जनाको जिवितै उद्धार गरिएको ट्युनिसियाको रेक क्रिसेन्टले जनाएको छ।डुङ्गा डुब्दा मृत्यु हुनेमा ब‍ंगलादेश, इजिप्ट तथा सुडानका नागरिक छन्। भूमध्य सागर पार गर्दै ढुङ्गा युरोप जाने तयारीमा थियो। तर, इन्जिनमा खराबी आउँदा डुङ्गा डुब्न पुगेको ट्युनिसियाका सुरक्षा अधिकारीले बताएका छन्।