बागमती प्रदेशसभाका थप एक सदस्य माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा खुलेका छन् ।प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलका अनुसार प्रदेशसभा सदस्य मीना ज्ञवाली नेपालले समाजवादीको पक्षमा सनाखत गरेकी हुन् । यससँगै नेकपा समाजवादीमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुको संख्या १३ जना पुगेको छ । तत्कालिन नेकपा एमालेको माधव नेपाल समूहमा रहेकी सांसद् ज्ञवाली गत भदौ २ गतेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको पक्षमा देखिएकी थिइन् ।२२ गतेसम्ममा थप सांसदले