भक्तपुर- बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले बालबालिकालाई मोबाइल कम्प्युटर एवं अन्य इलेकट्रोनिक ग्याजेटबाट टाढा राख्न विद्यालयले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताएका छन्। शनिबार गोल्डेन सुनगाभा बोडिङ स्कुलको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्। ‘हिजो कोरोना आदिका नाममा अनलाइन कक्षा भए। जसले गर्दा मोबाइल/ल्यापटप/कम्प्युटर अनि ट्याबको बानी बालबालिकालाई पर्यो। […]