चर्चामा ‘स्पाइडर–म्यान : नो वे होम’ को ट्रेलर

लामो चर्चा र प्रतीक्षापछि सोनी पिक्चर्सले ‘स्पाइडर–म्यान : नो वे होम’ को ट्रेलर जारी गरेको छ । ट्रेलरमा टम होल्याण्डसहित जेन्डाया, जेकब बाटालोन, बेनेक्डिट कम्बरब्याच, अफ्रेड मोलिना, जेमी फक्स, विलियम डाफोलगायत देख्न सकिन्छ ।मंगलबार लस एन्जलिसमा आयोजना गरिएको ट्रेलर लञ्च गर्ने कार्यक्रममा होल्याण्ड आफै उपस्थित भएर फ्यानहरूलाई सप्राईज दिएका थिए । उनले नो वे होमलाई अहिलेसम्मकै उत्कृष्ट सुपरहिरो चलचित्र भएको दाबी गरे । हेर्नुहोस् भिडियो :