काठमाडौं (हाम्रो खेलकुद) - सहिद स्मारक बी डिभिजन लिगमा सरस्वती युथ क्लबले वीरगन्ज युनाइटेडलाई ३-० ले हराएको छ । प्रतिबन्ध फुकुवासँगै मैदान फर्किएका धीरेन्द्र शाह सरस्वतीको लागि गोल गर्न सफल रहे । एन्फा कम्प्लेक्समा भएको खेल एकपक्षीय बन्यो । ज्ञानेन्द्र जोशीले १८ औं मिनेटमा सरस्वतीलाई अग्रता दिलाए । पहिलो हाफ एक शुन्यको नतिजामा सकियो ।