अझै भेटिएनन् महाकालीमा बेपत्ता किशोरीहरू

काठमाडौं : महाकाली नदीमा बगेर बेपत्ता भएका किशोरीहरू अझै भेटिएका छैनन्। बैतडीको दशरथचन्द नगरपालिका-८ की १६ वर्षीया कविता टमटा र १५ वर्षकी संगीता टमटा हिजो महाकाली नदीमा बगेर बेपत्ता भएका थिए।आज पनि बिहानै देखि सुरक्षाकर्मीसहित स्थानीयले खोजी गरिराखेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। महाकाली नदीमा नुहाउने क्रममा नदीस्थित नगतडीबाट हिजो दिउँसो १ बजेदेखि बेपत्ता भए पनि प्रहरी र प्रशासनलाई भने साँझ मात्रै सूचना पुगेको भारतीले बताए।

सम्बन्धित सामग्री

महाकालीमा बेपत्ता १० जना अझै भेटिएनन्

पानीको बहाव नघट्दा खोजीकार्यमा समस्या, बाढी प्रभावित क्षेत्रमा एक साता विद्यालय बन्द शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिरोका कारण बेपत्ता भएका महाकाली नगरपालिकाका १० जना अझै भेटिएका छैनन् । महाकाली नगरपालिका– ३...

शुक्रबारदेखि महाकालीमा बेपत्ता दुई किशोरी अझै भेटिएनन्

बैतडी, साउन २९ । शुक्रबार महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरी अझै भेटिएका छैनन्। जिल्लाको दशरथचन्द नगरपालिका– ८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा नदीमा बगेपछि अहिलेसम्म बेपत्ता रहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए। उनीहरूको खोजीका लागि महाकाली नदी किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको […]

महाकालीमा बेपत्ता धामी भेटिएनन्, क्षतिपूर्तिको माग, परिवारकाे बिचल्ली

तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले डोरी फुकालिदिए पछि महाकाली नदीमा बेपत्ता भएको भनिएका व्यास गाउँपालिका–२ मालगाउँका जयसिंह धामी अझै फेला पर्नुभएको छैन् । वैदेशिक रोजगारीका लागि यसअघि दुई वर्ष कतार र एक वर्ष दुबईमा सेक्युरिटी गार्डको काम गरेका धामी गत वर्ष कोरोना महामारीले काम छुटेपछि नेपाल फर्किनुभएको थियो । शुक्रबार फेरी सपनाको भारी बोकेर विदेश जाने प्रक्रिया थाल्न काठमाडौं हिँडेका धामीका सारा सपना आफूसँगै महाकालीमै बिलाए ।