चीनले दक्षिण चीन सागरमा यसै साता सैन्य अभ्यास गर्ने मंगलवार बताएको छ ।
अमेरिकाको विमानवाहक युद्धपोत विवादित जलक्षेत्रमा प्रवेश गरेकोमा बेइजिङले आक्रोश पोखेको केही दिनपछि यस्तो निर्णय लिइएको हो ।
चीनको मेरिटाइम सेफ्टी एडमिनिस्ट्रेसनले लेचु प्रायद्वीपको पश्चिममा गल्फ अफ टोन्किनको जलक्षेत्रमा बुधवारदेखि शनिवारसम्म प्रवेश प्रतिबन्ध लगाइएको छ । तर कहिले अभ्यास गर्ने र कति विशाल अभ्यास गर्ने भन्ने विषयमा उसले खुलाएको छैन ।
अमेरिकाका युद्धपोतहरूको एक समूह यूएसएस थियोडोर रूजवेल्टको नेतृत्वमा शनिवार दक्षिण चीन साग...