प्रेमकथामा निर्माण भएको फिल्म ‘मैले आइ लभ यु भन्नै सकिनँ’ आगामी शुक्रबार अर्थात् २५ चैत्रमा देशव्यापी प्रदर्शन हुने भएको छ । बाबु जिम्बा र शंकर कार्कीको संयुक्त निर्देशनमा बनेको फिल्मको सोमबार चलचित्र बिकास बोर्डमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलरका साथै ‘मुस्ताङको बजार’ बोलको गीत सार्वजनिक गर्यो ।राजेश पायल राई र मेलिना राईको स्वर, दीपक रमणको शब्द, संगीत रहेको गीतमा बुद्धि तामाङ, अञ्जली अधिकारी, राजाराम पौडेल, स्व.जयनन्द लामा, सुजन नेपाली, कविता पुरीलगायतका कलाकारको अभिन