सर्वोत्तमको आईपीओ शुक्रबार बाँडफाँट हुने

२१ फागुन, काठमाडौं । पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट हुने जनाएको छ । गोलाप्रथाबाट आवेदकलाई न्यूनतम ५० कित्ताका दरले शुक्रबार सेयर बाँडफाँट हुने क्यापिटल डेपुटी सीईओ नलिना श्रेष्ठले जानकारी दिइन् । सर्वोत्तमको […]

सम्बन्धित सामग्री

प्रिमियममा आईपीओ जारी गर्दै मारूती सिमेन्ट

काठमाडौं । मारूती सिमेन्ट्स लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रस्तावसहित कात्तिक २१ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । उत्पादनमूलक क्षेत्रको कम्पनीको रूपमा धितोपत्र दोस्रो बजारमा मारूती सिमेन्ट्स पनि थप हुने भएको हो । असोज २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, विराटनगरमा उक्त दिन बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू‍, १० प्रतिशत करसमेत नगद लाभांश वितरणको प्रस्ताव पारितका लागि पेस गरिनेछ । कम्पनीले अग्राधिकार शेयरधनीहरूका लागि नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले हाल कायम ३० लाख थान अग्राधिकार शेयरलाई जारी गर्दाको शर्त, कम्पनीको प्रबन्धपत्र तथा नियमावली एवम् कम्पनी ऐन बमोजिम साधारण शेयरमा परिवर्तन गर्ने प्रस्तावसमेत सभाका लागि तय गरेको छ । अग्राधिकार शेयर सर्वसाधारणमा परिणत भएपश्चात कायम चुक्ता पूँजीका आधारमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । बोनस शेयर प्रदान गर्ने प्रस्ताव सूचनामा उल्लेख भए पनि कति प्रतिशत भन्ने उल्लेख छैन । उल्लेखित प्रस्तावहरू पारित गरेपछि नियमावली र प्रबन्धपत्रमा संशोधन गर्न आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । उत्पादनमूलक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा प्रवेश गराउन सके बजारमा सकारात्मक प्रभाव पर्ने टिप्पणी भइरहेको अवस्थामा मारूती सिमेन्ट्सको आईपीओ निष्कासनको प्रस्तावलाई आम लगानीकर्ताले सकारात्मक रूपमा लिने विश्वास कम्पनीको छ । हाल धितोपत्र दोस्रो बजारमा सिमेन्ट्स कम्पनीका रूपमा घोराही र शिवम् सिमेन्ट्स सूचीकृत छन् भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज २४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरिसकेको छ । सर्वोत्तम सिमेन्ट्स भने बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्कासनको तयारीमा छ । सर्वोत्तमको आईपीओ निष्कासनपछि धितोपत्र बजारमा सिमेन्ट्स कम्पनीहरूको संख्या ५ पुग्नेछ ।

सर्वोत्तम सिमेन्टको आईपीओ : मूल्य गोप्य बोलपत्रबाट तय हुने

बैशाख १६, काठमाडौं । सर्वोत्तम सिमेन्टले निष्कासन गर्न लागेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को मूल्य सीमा निर्धारणको विषय टुंगो लागेको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्न गोप्य (शिलबन्दी) बोलपत्रमार्फत मूल्य निर्धारण गर्ने भएको हो । यसका लागि बिहीवार धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) र कम्पनीबीच सम्झौता भएको छ । यस विधिमार्फत आईपीओको मूल्य निर्धारणका लागि बजार सञ्चालकले स्वचालित विद्युतीय बोलकबोल (बिडिङ) प्रणाली निर्माण गर्नुपर्ने हुन्छ । उक्त प्रणाली निर्माण नभएसम्मका लागि कम्पनीले शिलबन्दी बोलकबोलमार्फत पनि विक्रीको आवेदन माग गर्न सक्ने व्यवस्था बुक बिल्डिङ निर्देशिकामा छ ।  सोही व्यवस्था कार्यान्वयन गर्दै सर्वोत्तमको आईपीओ जारी गर्ने सम्झौता भएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । तत्काल नेप्सेले स्वचालित विद्युतीय बोलकबोल प्रणाली निर्माण गर्न नसक्ने अवस्थामा विकल्पका रूपमा रहेको गोप्य शिलबन्दी बोलपत्र विधि प्रयोग गरी बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्न सकिने पराजुलीले बताए । निर्देशिकामा स्वचालित विद्युतीय प्रणाली निर्माण गर्नुपर्ने व्यवस्था भए पनि हालको अवस्थामा गोप्य शिलबन्दी बोलपत्रमार्फत नै आईपीओ जारी गर्दा प्रभावकारी हुने उनको भनाइ छ । मूल्य सीमा निर्धारणको विषय टुंगो लागेसँगै अब ढिला नगरी प्रक्रिया अघि बढाउने विक्री प्रबन्धकको मुख्य जिम्मेवारी पाएको ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले १ वर्षभन्दा बढी समयदेखि अल्झिएको विषयलाई अब ढिला नगरी अघि बढाउनु आवश्यक रहेको बताए । नयाँ तथा प्रभावकारी मानिएको यो विधि अघि बढाउन अग्रसर रहेको सर्वोत्तमको यात्रालाई सफल बनाउन विक्री प्रबन्धकले प्रभावकारी भूमिका खेल्ने उनको भनाइ छ । यसै आर्थिक वर्षभित्र कम्पनीको आईपीओ निष्कासन प्रक्रिया पूरा गर्ने गरी काम अघि बढाउने ढकालको भनाइ छ । के हो अबको प्रक्रिया बजार सञ्चालकसँग सम्झौतापछि विक्री प्रबन्धकको परामर्शमा प्रारम्भिक विवरणपत्र तयार गर्नुपर्नेछ । उक्त विवरणपत्रको मुखपृष्ठमा ‘बुक बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई गरिने धितोपत्र निष्कासनसम्बन्धी विवरणपत्र’ उल्लेख गर्नुपर्नेछ । उक्त प्रारम्भिक विवरणपत्रउपर योग्य संस्थागत लगानीकर्तालाई सहभागी गराई छलफल सञ्चालन गर्नुपर्ने हुन्छ । छलफल सञ्चालनका लागि तय गरिएको समय र स्थानबारे योग्य संस्थागत लगानीकर्तालाई लिखित रूपमा वा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरी जानकारी गराउनुपर्छ । योग्य संस्थागत लगानीकर्ताले छलफल कार्यक्रम सकिएको ५ कार्यदिनभित्र लिखित रूपमा किन्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरीद आशय मूल्य तथा मूल्यांकनको आधारसहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा आफ्नो सुझाव दिन सक्नेछ । कम्पनीले खरीद आशय मूल्य लिँदा योग्य संस्थागत लगानीकर्ताका लागि छुट्ट्याइएको सम्पूर्ण धितोपत्र विक्री हुने गरी कम्तीमा १० योग्य संस्थागत लगानीकर्ताबाट आशयपत्र प्राप्त गनुपर्नेछ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी धितोपत्रको आधार मूल्य तय गर्नुपर्नेछ । आधार मूल्य तय भएपछि धितोपत्रको विक्री मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ । धितोपत्रको विक्री मूल्य सीमा निर्धारण गर्दा माथिल्लो सीमा आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा आधार मूल्यमा २० प्रतिशत घटाउँदा हुने मूल्य कायम गर्नुपर्नेछ । विवरणपत्र प्रकाशन गर्न बोर्डबाट स्वीकृति प्राप्त भएको बढीमा १० कार्यदिनभित्र विक्री प्रबन्धकले योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमा सहभागी हुन आ⋲वानपत्र प्रकाशन गर्नुपर्ने हुन्छ । धितोपत्र बजारले संस्थागत लगानीकर्तालाई निष्कासित धितोपत्र पूर्णरूपमा विक्री हुने गरी कटअफ मूल्य निर्धारण गर्नुपर्नेछ । कटअफ मूल्य निर्धारण गरेपछि उक्त मूल्य वा त्यसभन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदकलाई मागबमोजिम कटअफ मूल्यमै धितोपत्र बाँडफाँट गर्नुपर्नेछ । सर्वसाधारणलाई धितोपत्र जारी गर्दा कटअफ मूल्यमा १० प्रतिशत छूट दिई निष्कासन गर्नुपर्नेछ । यो विधिमार्फत निष्कासनमा आउने शेयर किन्न सर्वसाधारणले आवेदन दिने न्यूनतम कित्ता ५० छ भने बाँडफाँट गर्दा पनि प्रतिआवेदक न्यूनतम ५० कित्ता पाउने गरी गर्नुपर्नेछ । कम्पनीले निष्कासन गर्ने कित्ता कति ? सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ विक्री गर्नेछ । कम्पनीले कुल कित्तामध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख, उद्योग प्रभावित स्थानीयका लागि ८ लाख र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको हो । हाल ३ अर्ब ४० करोड चुक्तापूँजी रहेको कम्पनीको आईपीओपछि यो पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ । आईपीओको अंकित मूल्य १०० रुपैयाँ भए पनि बुक बिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताको मूल्यांकनका आधारमा शेयरमूल्य तय हुने व्यवस्था छ । कम्पनीले आन्तरिक मूल्यांकन गर्दा प्रतिकित्ता ७५० रुपैयाँभन्दा बढी मूल्य कायम हुने विश्वास लिएको छ । संस्थागत लगानीकर्ताले ७५० रुपैयाँ मूल्य तोकेमा सर्वसाधारणले १० प्रतिशत कम अर्थात् ६७५ रुपैयाँमै शेयर किन्न पाउनेछन् । नेपाल धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनीलाई पूँजीबजारमा भिœयाउने उद्देश्यसाथ २०७७ साउन २८ गतेदेखि बुक बिल्डिङ विधि लागू गरेको हो । वास्तविक क्षेत्रका कम्पनीहरूको आईपीओको मूल्य बजारले नै निर्धारण गर्ने गरी बोर्डले बुक बिल्डिङ विधि लागू गरेको हो । बुक बिल्डिङ विधिबाट निष्कासन हुने शेयर किन्न बोर्डबाट ९५ संस्थागत लगानीकर्ताले स्वीकृति पाएका छन् ।