मंगलबार दिउँसो ओलम्पियन तथा तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्टले आज कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिलबुद्ध एकेडेमीका विद्यार्थीलाई आफ्नो खेलजीवनको विगत सुनाउनुभयो । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको रैकवार बिचुवामा जन्मिएर गाउँमा स्कूल पढ्दा आफू भलिबल खेल्ने गरेको र पछि अध्ययनसँगै खेलकुदलाई निरन्तरता दिँदै जाँदा ओलम्पिकसम्मको खेल यात्रा पुर्याएको अनुभव बताउनुभयो । “कक्षा–८ मा पढ्दा खेल्ने भलिबल नभएर मोजाको बल …