विश्वकप फुटबलमा ओलभर जिरुको कीर्तिमानी खेलमा फ्रान्सले पहिलो हाफमा १–० गोलको अग्रता बनाएको छ । उनले खेलको ४४ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् । उनी फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने खेलाडी बनेको छन् । यसअघि थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान उनले भङ्ग गरेका हुन् । आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा छ । यता पोल्याण्ड पनि सोही योजनामा हुनेछ ।