आचारसंहिता पालना गर्ने एमालेको प्रतिबद्धता, सामाजिक सञ्जालबाट चुनावी प्रचारप्रसारमा जोड

काठमाण्डाै – नेकपा एमालेले निर्वाचन आयोगले बनाएका आचारसंहिता पालनामा प्रतिबद्ध रहेको जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज बिहीवार निर्वाचन आयोगमा पुगेर आयोगले जारी गरेको आचारसंहितामा एमालेका केही असहमति रहे पनि यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको जनाउनुभएको हो ।  लोकतन्त्रका आधारभूत प्रणालीलाई निर्वाचन आयोगले पनि सम्मान गर्नुपर्ने कुरा आयोगलाई लिखित रूपमै दिइएको पोखरेलले बताउनुभयो । चुनावको प्रचारप्रसार खर्चिलो नबनाउन सामाजिक सञ्जालको प्रयोग बढाउनुपर्ने र आयोगले पनि यो विषयमा विचार पुर्‍याउन...

सम्बन्धित सामग्री

आचारसंहिता पालना फितलो

मौन अवधि सुरु भए पनि राजनीतिक दलका कार्यकर्ताले आचारसंहिताविपरित सामाजिक सञ्जालबाट प्रचार–प्रसार रोकेका छैनन । निर्वाचन आयोगले मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापामा दल र उम्मेदवारको प्रचार प्रसार गर्न नपाईने र मौन अवधि अघि राखेका राजनैतिक दल र उम्मेदवारको प्रचार सामग्री हटाउनुपर्ने जनाएको छ । तर यहाँका राजनैतिक दल, तिनका नेता, कार्यकर्ता र उम्मेदवारका फेसबुक पेजबाट निरन्तर चुनाव प्रचार प्रसार गरिरहेका छन् ।

आचारसंहिता कार्यान्वयनमा आयोगको कडाई, धमाधम पत्र काट्न थाल्यो

निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न थालेको छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गत शुक्रबारदेखि आचारसंहिता लागू गरेको थियो ।  सो आचारसंहिता पालना नगर्ने नेकपा एकीकृत समाजवादी पार्टीलाई आयोगले ३ दिने स्पष्टीकरण सोधेको छ । ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मिति २०७८/१२/२६ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन भएको भन्ने गुनासो आम सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हु