निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न थालेको छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गत शुक्रबारदेखि आचारसंहिता लागू गरेको थियो । सो आचारसंहिता पालना नगर्ने नेकपा एकीकृत समाजवादी पार्टीलाई आयोगले ३ दिने स्पष्टीकरण सोधेको छ । ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मिति २०७८/१२/२६ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन भएको भन्ने गुनासो आम सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हु