माघ १४, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६५ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ५ करोड ३१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू.८ करोड ७७ लाख पुगेको हो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. २६ लाख ४३ हजार खराब कर्जा संकलन गर्न सफल भएकाले र खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७७ प्रतिशत र सञ्चालन नाफा ६१ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ४३ लाख रहेको छ भने जगेडामा रू. ३० करोड ८६ लाख सञ्चित गरेको छ ।
जगेडा कोषको रकम गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११० प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रेमाससम्ममा जगेडामा रू. १४ करोड ६६ लाख सञ्चित गरेको थियो ।
त्यसैगरी चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू.३ अर्ब ६ करोड सापटि लिएर रू. २ अर्ब १४ करोड निक्षेप संकलन गरेर रू. ५ अर्ब ६९ करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३५ दशमलव ४९, मूल्य आम्दानाी अनुपात ३७ दशमलव ७९ गुणा, तरलता अनुपात १४ दशमलव ११ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६२ दशमलव ४४ रहेको छ ।