सरकारले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्रै विदेशी लगानी स्वीकृत गराउने माथि कडाइ गर्ने भएको छ । नेपालमा उद्योगधन्दा खोल्ने भनेर उद्योग विभागबाट लगानी स्वीकृत गराई व्यावसायिक भिसा लिने तर लगानी नगर्नेहरूलाई निरूत्साहित गर्न व्यावसायिक भिसा सिफारिसमा कडाइ गर्न लागिएको हो ।उद्योग विभागले व्यावसायिक भिसा सिफारिसलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै भिसा सिफारिसमा केही नयाँ व्यवस्था गरेको छ । यसले व्यावसायिक भिसालाई वास्तविक लगानीसँग आबद्ध गर्न सकिने विभागका महानिर्देशक रामचन्द्र