प्रतिबद्धताअनुसार विदेशी लगानी नभित्रिएपछि उद्योग विभागले व्यावसायिक भिसामा कडाइ गर्न सुरु गरेको छ । प्रतिबद्धता मात्र गर्ने तर लगानी नल्याउने प्रवृत्ति बढेपछि विभागले गत साता व्यावसायिक भिसामा कडाइ थालेको हो । विदेशी लगानीको प्रतिबद्धता र मुलुकमा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रकम हेर्दा बर्सेनि प्रतिबद्धता मात्र बढ्दै गएको देखिएको छ ।