काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित ग्रिल कारखानामा मदिरा सेवनपछि विवाद हुँदा २३ वर्षीय विकास आचार्यको हत्या गर्ने प्रयास गरिएको छ । ठाडो भर्याङस्थित धर्म राउतले सञ्चालन गरेको कारखानामा सँगै काम गर्ने ४८ वर्षीय मिलन खत्रीले फलामको चक्कु र बन्चरो प्रहार गरेर हत्या प्रयास गरेका हुन् ।नुवाकोटको विदुर नगरपालिका–१ घर भएका आचार्यको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर छ । घटनामा संलग्न सुर्खेतको वीरेन्द्रनगर घर भएका मिलन खत्रीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर क