काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचन निष्पक्ष, स्वतन्त्र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएकी छन् । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले आवधिक निर्वाचनले लोकतन्त्रलाई जगैबाट बलियो बनाएको बताइन् ।
उनले आवधिक रूपमा लोकतान्त्रिक संस्थाहरूको निर्वाचन गर्ने कार्य चुनौतीपूर्ण हुने गरेको भन्दै सबै खाले संशय र...