इङ्ग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका फ्रान्सेली स्टार बेन्जामिन मेन्डीले अदालतमा आफूमाथि लागेका आरोपबारे बयान दिएका छन् । उनीमाथि बलात्कारका चार र यौन दुर्व्यवहारको एक मुद्दा छ । अनुसन्धानकर्ताहरुका अनुसार तीनजना महिलाहरुले उनीविरुद्ध यस्ता मुद्दा दर्ता गरेका हुन् । सबै महिलाको उमेर १६ वर्षमाथि छ । जसअनुसार एकजना महिलाले आफूमाथि तीनपटक बलात्कार भएको आरोप लगाएकी छिन् । ती महिलाका अनुसार मेन्डीले आफ्नो ५० लाख पाउन्ड पर्ने बंगलामा उनीविरुद्ध यस्तो अपराध गरेका थिए । प्रहरीले गत नोभेम्बरम