अमेरिकी पूर्व एफबीआई निर्देशक जेम्स कोमी र न्यु योर्कका एटर्नी जनरल लेटिशिया जेम्सविरुद्ध दायर गरिएका आपराधिक मुद्दाहरू खारेज भएका छन्। न्यायाधीश क्यामेरोन करीले मुद्दा दायर गर्ने अभियोजक लिन्डसे ह्यालिगनको नियुक्ति अवैध भएको निष्कर्ष निकालेका कारण ती मुद्दाहरू नै खारेज हुने आदेश दिएकी हुन्। करीले ट्रम्पले आफ्ना दुई राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध मुद्दा चलाउन व्यक्तिगत रूपमा छानिएकी ह्यालिगन […]
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने लुम्बिनी प्रदेशका थोरै भूभागमा हुस्सु तथा तुवाँलो लागेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही […]
९ मंसिर, धनगढी । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-१४ को बनकट्टी स्याउले क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले कच्ची घर भत्काएर आक्रमण गर्दा ४५ वर्षीया धना बिष्टको मृत्यु …
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा राजधानी तथा आसपासका विभिन्न स्थानमा बजार अनुगमन र निरीक्षणलाई तीव्र बनाउँदै १४ वटा उद्योग तथा फर्मलाई जरिवाना तथा निर्देशनसहितका कारबाही गरेको जनाएको छ। उपभोक्ताको हकहित सुरक्षित गर्न नियमित अनुगमन बढाइएपछि विभिन्न व्यापारिक प्रतिष्ठानमा ऐन उल्लङ्घनका घटना भेटिएको विभागले जानकारी दिएको हो। भक्तपुरको मध्यपुरथिमिमा रहेको हलेसी मार्ट प्रालिलाई […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटासहित सात जनालाई भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार कोभिड–१९ महामारीको समयमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई तथा अन्य स्वास्थ्य सामग्री) खरिद प्रक्रियामा गरिएको अनियमिततासम्बन्धी विस्तृत अनुसन्धानपछि मुद्दा दर्ता गरिएको हो। आर्थिक वर्ष २०७८/७९ का लागि आवश्यक सामग्री […]
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ […]