दसैँको उपहार : भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

चितवन। दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन । वर्षौंदेखि आफू बसोबास गर्दै आएको जमिनबाट कतै हट्नुपर्ने हो कि भन्ने चिन्ता बोकेर जीवन बिताएका उनीहरूका लागि यसपटकको दसैँ खुसीसँगै सुरक्षित भविष्यको आशा लिएर आएको छ। रातो खोलभित्र राखिएको प्रमाणपुर्जामा आफ्नो नाम र तस्बिर देख्दा उनीहरूका लागि […]