पोखरादेखि बाराको सिमरासम्म आगामी चैत १५ गते फागुपूर्णिमाका दिनदेखि सिधा हवाई उडान हुने भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा बिहीबार सरोकारवालाको बैठकले उडानको निर्णय गरेको हो ।
मन्थली (रामेछाप), ११ चैत । पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले आजदेखि सोलुखुम्बुको लुक्लासम्म नियमित उडान भर्न थालेपछि पर्यटकका लागि सहज हुने ठानिएको छ । पर्यटकीय मौसमको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त हुने भएकाले ट्राफिक जाम नहोस् भनी […]
हिमालय एअरलाइन्स्ले चीनको कुनमिङ चाङ्सुई अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ अप्रिल १३ (चैत ३०,२०७९) देखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान सेवा सुरु गरेको छ।...
काठमाडौं, चैत १० । निकै तामझामका साथ पोखराबाट भारतीय नाकासँग जोडिएका गन्तव्यमा सुरु भएको हवाई उडान रोकिन थालेका छन् । पोखरामा भारतीय पर्यटक तान्न सञ्चालन गरिएका उडानहरू यात्रु अभाव भएपछि रोकिन थालेका हुन् । पोखराबाट देशका ठूला सहरमध्ये धनगढी, विराटनगर, सिमरा र जनकपुरमा सुचारु भएका उडान यात्रु अभावको कारण देखाउँदै हवाई कम्पनीले पुनः उडान सुचारु […]
१ चैत, गण्डकी । हवाई मार्गबाट देशका ठूला सहरसँग पोखरा जोडिएको छ । वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँसहित पाँच गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् । हाल पोखरालाई काठमाडौँ, भरतपुर, भैरहवा, नेपालगञ्ज र भद्रपुरसँग हवाई सञ्जालले जोडेको छ । कोभिड–१९ महामारी जस्ता कारणबाट बन्द उडान सेवा पनि पुनः सञ्चालन गर्ने तयारीमा […]
२० चैत, का ठमाडौं । आगामी वैशाखदेखि झापाको भद्रपुरस्थित विमानस्थलबाट पोखरामा अब सिधा उडान हुने भएको छ । यस रुटमा बुद्ध एयरले सिधा उडान गर्न लागेको हो । कम्पनीका अनुसार २ वैशाख २०७९ बाट भद्रपुर–पोखरा रुटमा दैनिक सिधा उडान गरिने भएको छ । यस रुटका लागि बुद्ध एयरले सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ […]
काठमाडौं, चैत १६। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण हुन सकेको छैन। भिजिबिलिटी कम हुँदा उडान र अवतरण हुन नसकेको हो। काठमाडौ उपत्यकाको आकाशमा थेग्रिएको धुवाँ र धुलोकाका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो। आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर पुगेको छ। यसअघि मंगलबार बिहान पनि उडान र […]
१६ चैत, काठमाडौ । मौसममा आएको खराबीका कारण कास्कीको पोखरा र संखुवासभाको तुम्लिङटार विमानस्थलमा उडान प्रभावित भएको छ । बिहानैदेखि मौसम धुम्मिएका कारण पोखरा र तुम्लिङटारमा कुनै पनि उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावको कारण काठमाडौं उपत्यका सहितका देशका विभिन्न भूभागमा हल्का वर्षा […]
काठमाडौं, चैत १४ । नेपाल वायुसेवा निगमले काठमाडौं–मुम्बई उडान पुनः सुरु गरेको छ । करिब दुई वर्षदेखि कोभिड–१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो। साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ । आइतबार नै भारत सरकारले कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध समेत हटाएको छ । कोभिड–१९ पछि नेपाल–भारतबीच एयर […]
१० चैत, काठमाडौं । त्रिभुवन विमानस्थलको सूचना प्रणाली तथा राडारमा आएको खराबीका कारण बिहीबार बिहानैबाट आन्तरिक तथा बाहृय दुवै तर्फका उडान प्रभावित बनेका छन् । जसले गर्दा आज बिहानका लागि निर्धारित विभिन्न सेक्टरका उडान रद्द भएका छन् । यति एयरलाइन्सका अनुसार पोखरा, भैरहवा र विराटनगरका लागि निर्धारित तीन उडान रद्द भइसकेको छ । अन्य उडानहरू […]
१५ फागुन, काठमाडौं । काठमाडौं–बनारस रुटमा पुनः सिधा उडान हुने भएको छ । यो रुटमा बुद्ध एयरले नियमित उडान गरिरहेको थियो । कोरोना भाइरसको महामारीपछि रोकिएको यो रुटको उडान १ अप्रिल (१८ चैत)देखि पुनः सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीले कुन-कुन बार कति उडान गर्ने भन्ने विवरण भने सार्वजनिक गरेको छैन । दुई धार्मिक […]